अश्लील शब्दको प्रयोग गरी गीत गाएको तथा गीतमार्फत लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा पक्राउ परेका भिटेन भनिने ¥यापर समीर लामा, घिसिङ रिहा भएका छन् ।
ललितपुर प्रहरी प्रमुख टेक प्रसाद राइले उनी आज साँझ रिहा भएको जानकारी दिए । उनले आफ्नो गल्ती स्वीकार्दै माफी मागेपछि रिहा गरिएको बताइएको छ ।
चन्द्रनिगाहापुर घर भई हाल ललितपुर बस्ने घिसिङलाई प्रहरीले दुई दिनअघि झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको थियो ।
उनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरूपयोग गरेको आरोप लागेको थियो ।
‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा उनले आपत्ति जनक शब्द प्रयोग गरेका थिए भने गाँजा खान प्रोत्साहित गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया