काठमाडौं।यमपञ्चकको चौथो दिन आज गाईको पूजा गरी मनाइदैछ।कात्तिक कृष्ण औंसीका दिन लोकमा गाईलाई लक्ष्मीको प्रतीक र गौमाता मानेर आमाको रुपमा पूजा गरिन्छ। गाईका शरीरमा सबै देवदेवता निवास गर्ने शास्त्रीय कथन अनुसार गाई पूजा गर्दा गाईका शिरदेखि पाउसम्मका अंगहरुको पूजा गर्ने चलनरही आएको छ।
गाईलाई सिंगारे र माला लगाई तेल घसेर सम्मान गरी मीठो खाने कुरा दिइन्छ। पूजा आज सकिएपछि गाई चराउन निकाल्ने मार्गमा तोरण तारेर चरणमा लैजाने चलन छ। कसै कसैले यस दिन गाईलाई बालीमा हुलेर चराउने गर्छन्। रक्षाबन्धनका दिन हातमा बाँधेको डोरो यसदिन गाईको पुच्छरमा बाँधिदिनाले मृत्युपछिको कष्ट मयसागरबाट वैतरणी पार गर्न सजिलो हुने विश्वास रही आएको छ। गाई अत्यन्तै गुणी र सुधोप्राणी हो। समाजमा सज्जन र ज्ञानीजनलाई गाईको उपमा दिइन्छ।गावोविश्वष्यमा तर भनेर गाईलाई विश्वकी माता मान्ने वैदिक उद्घोष छ ।
पशुपन्छी मात्र नभएर तिहार मावनस्पतिको पनि उत्तिकै महत्त्व छ।
वनवनस्पति र खोलानालाको पानी खाएको। अन्न नूनकम खुवाइएको गाईको नजिक बस्दा समेतशान्ति र आरोग्य मिल्ने जनविश्वास रहीआएको छ। गाईको गहुँत र गोबरमा शुद्धिको अमृत,औषधेय गुण हुन्छ। दूधमा आरोग्य र कुशाग्र वुद्धि विकास गराउने रस हुन्छ भन्ने तथ्य प्रमाणित भएको छ। स्थानीय प्रजातिको प्राकृत लिमेपार्कोटे जस्ता गाईको गोबर, गहुँत, दूध, दही र घ्यू मिसाएर पञ्जगव्य प्रयोग गर्ने चलनले नेपाली समाजमा ठूलो सांस्कृतिक महत्व छ।हिमाली खण्डमा पाइने चौँरीगाईदेखि तराई क्षेत्रमा पाइने विभिन्न प्रजातिका गाईले नेपाली जनताको आर्थिक विकास तथा स्वास्थ्य अभिवृद्धिमा महत्वपूर्ण सहयोग गरेकाले गाई हाम्रो जनजीवनको सहयोगी प्राणी सावित भएको छ। यसैले, गाईलाई नेपालको राष्ट्रिय जनावर मानिएको हो।
संस्कतिविद्भन्छन्, यसका लागि विश्वकै इतिहासलाई पल्टाएर हेर्न जरुरी छ। हामीलाई ढुङ्गे युगबाट उकास्न ‘कृषि’ र ‘पशुपालन’ को ठूलो भूमिका छ। मानव सभ्यताको शुरुवातनै कृषि तथा पशुपालनबाट भएको हो।
संस्कृति विद्डा।भट्टराई भन्नुहुन्छ, ‘गाईले वर्षभरि दुध दिन्थ्यो।गोरुले खेतजोतेर कृषिमा सहयोग पु(याउँथ्यो ।त्यस्तै द्वापार युगको प्रसङ्गलाई जोड्दा, कृष्णभगवान ले इन्द्रको पूजा गर्नुको सट्टा आफ्ना गाईवस्तुलाई खाना प्रदान गर्ने गोबरधन पर्वतको पूजा आराधना गर्नुपर्छ भनेका कारण हरेक वर्ष गोबरधन पर्वतको पूजा गरिएको हो । यसरी कृषि, पशुपालन र ती पशुलाई पाल्ने स्थल, तीनै कुरा मानव सभ्यताको आधारभूत पक्ष भएकाले यिनीहरुको पूजा गरिएको हो।’
आज म्हपूजा, यसरी चल्यो नेवारी समूदायमा म्हपूजा गर्ने चलन
आजै नेवारी समूदायमा म्हपूजा गर्ने चलन छ ।
नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना हो ।
आजको दिन आत्मतत्तवलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो ।
नेवारी भाषामा म्हं शब्दको प्रयोग र इतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययकारुपमा व्यापक रुपमा बोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला रु अर्थात तपाईलाई सञ्चै छ रु
म्ह फु अर्थात सञ्चै छ
म्ह मफु अर्थात् सञ्चो छैन
म्ह अर्थात देहवाचक अनि चेतनाप्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरुमा म्ह को प्रयोग हुँदैन ।
यसै चेतना अनि स्वःतत्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्हपूजा मनाउने चलन रहेको छ ।
नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ ।
शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैँलाई खुवाईन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया