काठमाडौं। आज यमपञ्चकको पाचौं दिन गोवर्द्वन पूजा गरि मनाइँदैछ। तिहारको पहिलो दिन यमदिपदान, दोश्रो दिन काग तिहार, तेस्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा, चौथो दिन गाइतिहार हुँदै आज पाचौँ दिन गोवर्द्वन पूजा र भाइटिका गरि मनाइँदैछ।यस वर्ष भाइटिका र गोवर्धन पूजा एकै दिन परेको छ।
भगवान श्रीकृष्णले स्वर्गका राजाइन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरलवर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोवर्द्वनपर्वतलाई उठाएर त्यसमुनी द्वारिका वासीलाई ओत लगाएर बचाएको श्रीमद्भागवतगीतामा उल्लेख छ।
भगवान श्रीकृष्णसँग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ।
आजकोदिन, श्रीकृष्णले आफ्नो औंलाले उठाएको त्यही गोवर्द्वन पर्वतको पूजा आजा गरिन्छ। यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोवर्द्वन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिआएको छ।गोवर्द्वनका साथ कृषिऔजारहरुको समेतपूजा गरिन्छ ।आजको दिनहल गोरु अनि हलोको पूजा गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया