काठमाडौं। आज तिहार अर्थात् यमपञ्चकको पाँचौं दिन भाइटिका। टिकाको साइत ११ बजेर ५५ मिनेटलाई उत्तम मानिएको छ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टिका लगाई यो पर्व मनाइन्छ।
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाए पछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दाजुभाइलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहि आएको छ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमामाकण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुनारधर्मराज, गणपत्या दिवनस्पत्यन्त देवताको समेत पूजा आजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गीटीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइ दिने गरिन्छ।
टीका लगाइ दिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मसला र सेलरोटी लगायतका मिठोमिठो खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ।
दिदीबहिनी नहुनेका लागिआजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भएपनि २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ।दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।
२०७२ सालको भूकम्पले बालगोपालेशवर मन्दिरक्षति ग्रस्तबनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम दाजुभाई नहुने भक्तजनको भीड लाग्न थालेको छ।
यसवर्ष भाइटिका र गोवर्द्वन पुजा एकै दिनमा परेको छ। आज बिहान गाईवस्तुको गोबरलाई नै गोवर्द्वन पर्वतको प्रतिकका रुपमा पुजा गरिएको छ।
नेपाल सम्वत् पनि आजै
यसैगरी आजैको दिन नेपाल सम्वत् मनाउने गरिन्छ ।
नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवास गर्ने नेवार समुदायले नेवाल सम्वत् ११४० मनाउन लागिएको हो ।
नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवास गर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना“ (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातिय एकता र पुर्ख्रयौली साझा मौलिक संस्कृतीका रुपमा विकास भएको म्हपूजालाई आआफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ ।
विशेषत नेवार समूदायले मान्ने यो सम्वत् नेपालको मौलिक सम्वत् पनि हो ।
१२ वटा औंसीको एकवर्ष मापन गरिएको यस सम्वत्मा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको हुन्छ र यस सम्वत्मा ३५४ दिनको एक वर्ष पर्नजान्छ ।
नेपाल सम्वत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ ।
आधिकारीक रुपमा चलनचल्तीमा प्रयोग बढिरहेको यस सम्वत्लाई नेपाल सरकारले पनि आधिकारीक मान्यता दिएको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्वत् नै नेपाल सम्वत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्याली निकालिन्छ ।
नेपाल सम्वत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो ।
विक्रम सम्वत्को कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ ।
भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल सम्वत्को प्रचलन रहेको इतिहास छ ।
यो पनि
२०७२ सालदेखि लागेन तिहार रानीपोखरीलाई (भिडियोसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया