गिरिराजमणि पोख्रेलको नेतृत्वमा माओवादी मन्त्रीहरुले दिए सामुहिक राजीनामा

काठमाडौं, २८ पुस । नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् माओवादी केन्द्रका तर्फबाट सरकारको नेतृत्व गरेका विनाविभागीय मन्त्री कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा राजीनामा बुझाइएको स्वंय मन्त्री गिरिराजमणि पोख्रेललले बताए मन्त्री पोख्रेलले अध्यक्ष प्रचण्डले लेखेको पत्र बुझाउँदै पार्टीको निर्णय अनुसार आफुहरुले राजीनामा दिएको बताए मन्त्री पोख्रेलले भने, आफुलाई विनाविभागीय घोषणा भएयताको पारिश्रमिक नलिने घोषणा पनि गरेको बताए गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी केन्द्रका मन्त्रीहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?