काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेससँगको आफ्नो प्रेम निरन्तर रहेको बताउनुभएको छ । पार्टीको महोत्तरी, पिपरा कार्यसमितिले उप चुनावलाई लक्षित गरी आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भन्नुभयो, , “मधेससँग परेको लभ निरन्तर कायम रहेको प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छु ।”
चार वर्ष देखि निर्माण भइरहे पनि अधुरै रहेको जनकपुर–जलेश्वर सडक खण्ड निर्माण कार्यमा गति बढाउन विभागीय मन्त्रीसँग माग गर्दै उहाँले भन्नुभयो, “अब पनि कुनै बहानामा ढिलाइ भयो भने म पार्टी अध्यक्षकै हैसियतले पनि जनतासँग आन्दोलनमा उत्रिन्छु ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया