महरालाई आज अदालत उपस्थित गराइँदै, आजबाट थुनछेक बहस हुने

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई आज (बिहिबार) काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदै छ ।

सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आजबाट महराको थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाइने भन्नेबारे निर्णय हुनेछ ।

काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिमपटक थपेको म्याद बुधबार सकिएकोले आज अदालत उपस्थित गराउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?