कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको छ ।

स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप समेत भएको छ । मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यूू लगाएको छ ।

कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको हो ।

यसअघि गत वर्ष पनि दशैँमा दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कृष्णनगरमा विवाद हुँदा कर्फ्यू लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?