काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध केहीबेरमा जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले यस सगैँ थप फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ पनि आकिर्षत हुने गरि अभियोगपत्र तयार भएको छ ।
महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को जबरजस्ती करणीसम्बन्धि दफा आकर्षित हुने गरि अभियोगपत्र तयार गरिएको छ । जसमा १८ वर्षमाथिको महिलालाई बलात्कार गरेमा ७ देखि १० वर्ष जेल सजाय हुने व्यवस्था छ । बलात्कार प्रयासको हकमा भने अधिकतम १० वर्षको आधा ५ वर्ष जेल सजाय माग गरिने जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
दफा १५ ङ मा ‘ कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय ,’ को व्यवस्था छ । आफ्नै सचिवालयमा कार्यरत महिलामाथि जवर्जस्ती करणी प्रयास गरेको अभियोग महरामाथि रहेकाले यो व्यवस्था पनि उल्लेख गरेर अभियोगपत्र दर्ता हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया