प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ । उहाँको स्वास्थ्यस्थिति सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार गरिएको डाईलासिस सफल भएको छ । हिजो उहाँलाई उपचारका लागि अस्पताल लगिएको थियो । यसैबीच प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरु अस्पताल पुग्नुभएको थियो ।

बुधबार  प्रधानमन्त्री ओलीले ग्राण्डी अस्पतालमा पुगेर मृर्गौंलाको पहिलो डाइलासिस गराउनुभएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिँदै अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?