काठमाडौं – तत्कालीन माओवादी जनसेनाका पूर्व बालसेना लेनिन विष्टलाई विदेश भ्रमणमा जान सरकारले गरेको रोकावटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले विदेश भ्रमणमा जाँदा पूर्व स्वीकृति लिनु नपर्ने फैसला गरेको हो । पूर्व बालसेना समूहका अध्यक्ष समेत रहेका विष्टलाई थाइल्याण्डमा एक कार्यक्रममा जाने क्रममा २०७५ भदौ ८ गते अध्यागमन कार्यालयले रोकेको थियो ।
आवतजावतमा रोक्ने कार्य गैरकानूनी भएको भन्दै विष्ट अदालत गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया