काठमाडौं : सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस लप्सीफेदीमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। बसमा सवार ५७ जना घाइते भएका छन् । बिहीबार मेलम्चीबाट काठमाडौंतर्फ आइरहेको आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइतेको उद्धार गरी अस्पताल पुर्याइएको छ । २५ जनाको लाइफ केयर हस्पिटल, ३० जनाको सुश्मा मेमोरियल हस्पिटलमा उपचार भइरहेको छ।गम्भीर घाइते भएका २ जनाको टिचिङमा उपचार भइरहेको छ।मृतकको सनाखत हुन बाँकी छ । प्रत्यक्षदर्शीका अनुसार मृतकको शब बसले च्यापिएर अवस्थामा थियो ।
खचाखच यात्रु बोकेर गुडेको बस लप्सीफेदीको मोडमा ब्रेक नलाग्दा दुर्घटना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया