काठमाडौ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिने भएको छ । पछिल्लो हप्ता तिहारको लगातार चार दिन विदा रहेको प्रदेशमा आइतबार छठ पर्वको अवसर पारेर प्रदेश सरकारले विदा दिन लागेको हो ।
मुख्यगरी यस वर्षको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो । भने २०७४ सालको छठ पर्वमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो पटक छठ पर्वमा दुई दिन विदा दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया