काठमाडौँ । काँग्रेस निकट तरुण दलका एक नेतासँग खसी उपहार मागेको अडियो सार्वजनिक भएसँगै इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी हेमबहादुर शाही विवादमा मुछिएका छन् ।
उनले तरुण दल बाँकेका कोषाध्यक्षतथा स्थानीय ठेकेदार समेत रहेका केशर खड्कासँग खसी मागेका थिए ।
खड्काले खसी दिन्छु भनेर पनि अन्तिममा नदिएपछि दुई जनाबीच विवाद बढ्दै गएको र सोही क्रममा उनी निकट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहसहित ६ जनालाई डीएसपीले पक्राउ गरेपछि अडियो सार्वजनिक भएको हो ।
बिहीबार दिउँसो शाहीसँगै प्रहरीले दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगरलाई पनि पक्राउ गरेको थियो । सो क्रममा बा १८ च ४२११ नम्बरको कारबाट पेस्तोल समेत बरामद भएको प्रहरीको दाबी छ ।
यसैबीच खसीखाण्डमा प्रहरीले डीएसपीमाथि छानबिन थालेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार शाहीमाथि अनुसन्धान थालिएको हो ।
यता शाहीले नाजायज किसिमले आफूले कुनै डिल नगरेको दाबी गरेका छन् ।
उनले पक्राउ परेकाविरुद्ध हातहतियार तथा खरखजाना ऐनअनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया