काठमाडौं । सानोतिनो घरायसी झगडामा छोराको कुटाइबाट आमाको ज्यान गएको छ ।
तौलिहवा जिल्लाको कपिलवस्तु नगरपालिकामा–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गर्दा आमा ५५ वर्षीया फूलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मादकपदार्थ सेवन गरी शनिबार राति सुरेन्द्रले आफ्नै आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । आमाको निधनपछि छारो भने फरार रहेको प्रहरीले जनाएको छ ।
सँगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताउनुभयो ।
साथै मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ । भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया