जङ्गलमा दुई बालबालिकासहित ३ जनाको शव फेला

काठमाडौं | बागलुङको गलकोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सिमानामा रहेको जङ्गलमा आज दुई बालबालिकासहित तीन जनाका शव फेला परेका छन् ।

चन्द्रपुर–३ पोखरीयाको जङ्गलमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिनुभयो । गुल्मीतर्फको जङ्गलमा शव फेला परेका गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले बताउनुभयो ।

अन्दाजी २६ वर्षीया महिला, सात वर्षीय बालक र पाँच वर्षीया बालिकाको शव फेला परेको हो । स्थानीयले घाँस दाउरा गर्नेक्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा गुल्मीबाट प्रहरी टोली पुग्दै गरेको भट्टराईले बताउनुभयो । “नजिकको प्रहरी कार्यालयभन्दा पाँच घण्टा टाढा घटना भएको हो”, उहाँले भन्नुभयो, “प्रहरी पुगेपछि मात्रै उनीहरुको पहिचान हुन्छ ।” घटनाको विषयमा थप जानकारी आउन बाँकी छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?