काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतमा आईतबार दिउँसो ११ बजेबाट उहाँको थुनछेक बहस सुरु भएको हो । गत शुक्रबार उनीलाई न्यायाधिश सुर्दशनराज पाण्डेको बन्द इजलासले बयान लिएको थियो । सो दिन समय अभाव भएपछि आइतबारबाट थुनछेक बहस हुन लागेको हो ।
थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेमध्ये एक आदेश अदालतले सुनाउने छ ।
प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी उद्योगमा ७ वर्ष कैद सजायँ मागदावीसहित जिल्ला अदालतमा महराविरुद्ध मुद्दा दायर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया