निर्वाचनमा खर्च : प्रतिनिधिसभा सदस्य उमेदवारले २५ लाख, वडाध्यक्षले लाख मात्रै

काठमाडौं । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचन हुँदैछ । यतिबेला उपनिर्वाचनको तयारी तिव्र रुपमा अघि बढाइएको छ । निर्वाचन आयोगका अनुसार कास्की, भक्तपुर, बाग्लुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । स्थानीय तहको मात्र निर्वाचन हुने ३३ जिल्लामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलिने निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनका लागि मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?