नेपाल बैंक लिमिटेडको प्रवक्तामा अधिकारी नियुक्त

काठमाडौं– नेपाल बैंक लिमिटेडले प्रकाश कुमार अधिकारीलाई बैंकको प्रवक्ता तथा प्रमुख सूचना अधिकारीमा नियुक्त गरेको छ । बैंकको कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृत रहनुभएका अधिकारीलाइ प्रवक्ता तथा प्रमुख सूचना अधिकारीमा नियुक्त गरिएको हो ।

वि।सं २०६१ मा उप प्रवन्धक पदबाट नेपाल बैंक सेवा प्रवेश गरी बैकका विभिन्न शाखा तथा विभागको अनुभव हासिल गरेका अधिकारीले व्यवस्थापन तथा जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गर्नुभएको छ ।

साथै यसअघि बैकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज वरालले सो जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?