काठमाडौं । सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान संचालन गर्ने तयारी गरेको छ ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जामा सबैको पहुँच पु-याउन सो अभियान संचालन गर्न लागिएको जानकारी दिनु भएको हो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २३ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले संचालनमा ल्याएको ‘सबैका लागि उर्जा’ अभियानलाई पनि परिणाममुखि बनाउनुपर्नेमा जोड दिनु भयो ।
दीगो विकास लक्ष्य हासिल गर्न पनि सो अभियानलाई परिणाममुखि बनाउनुपर्ने मन्त्री पुनको भनाई छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ भित्र करिव १२ प्रतिशत जनतामा नविकरणीय उर्जाको माध्यामबाट स्वच्छ उर्जामा पहुँच पु-याउने लक्ष्य लिएको छ । त्यसका लागि सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको मन्त्री पुनको दावी छ ।
मन्त्री पुनले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि वैकल्पिक उर्जाको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया