सुरुङभित्र फसेका तीनजना मृत अवस्थामा फेला

काठमाडौं । बझाङ जिल्लाको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधीन कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र फसेका चार जनामध्ये तीनजना मृत अवस्थामा फेला परेका छ भने अन्य एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार सुरुङभित्र कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, महेन्द्र साउँद र शेरबहादुर धामी फसेका थिए ।

तीनजना मृत अवस्थामा भेटिएका छन् । उनीहरु को को हुन्, बाहिर ल्याएपछि मात्रै थाहा हुने र मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

उनीहरुको ज्यान अक्सिजनको कमीले गएको हो वा अन्य विषाक्त रसायनले अहिले नै भन्न नसकिने अन्य एकजनाको खोजी कार्य जारी रहेको सुदूरपश्चिम प्रदेशका डीआईजी तारणी लम्सालले जानकारी दिनुभयो ।

साथै मृत अवस्थामा भेटिएका तीनजना ट्याक्टरमा रहेको पन डीआईजी लम्साल बताउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?