नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं – नेकपा नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । हृदयघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उहाँको शल्यक्रिया गरिएको छ । अहिले उहाँको आईसीयू मा राखेर उपचार भइरहेको छ ।

छोरालाई भेट्न काठमाडौंबाट सोमबार दाङ निस्कनुभएका सुवेदीलाई थानकोट पुगेपछि हृदयघात भएको थियो । यात्रा गरिरहेका बेला उहाँ अचानक गाडीभित्रै बेहोस हुनुभएको थियो । उपचारमा संलग्न चिकित्सकहरूले सुवेदीलाई ‘मेजर हर्ट अट्याक’ भएको बताएको बताउँदै सुवेदीको मुटुको दायातर्फको भल्भ पूर्णरूपमा बन्द भएको जनाएका छन् ।उहाँलाई भेट्न नेकपाका नेता अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?