काँकडभिट्टा, २९ पुस । आगो ताप्दा शरीरका कपडा जलेर बुद्धशान्तिकी एक गृहिणी सख्त घाइते भएकी छिन् बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईलाई कम्मरमुनिको भाग जलेपछि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा राखेर उपचार गराइँदैछ पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घर बाहिर बालिएको आगो ताप्ने क्रममा उनको शरीरमा थाहै नपाई हुर्हुरी आगो सल्किएको थियो । आगो निभाउने क्रममा परिवारका अन्य तीन सदस्यसमेत सामान्य घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया