उपनिर्वाचन : कांग्रेसले आज उम्मेदवार टुंगो लगाउँदै

काठमाडौं । प्रतिपक्ष नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन मंगलबार पदाधिकारी बैठक बस्ने भएको छ । आइतबार बस्ने भनिएको भए पनि पदाधिकारीहरु उपस्थित नभए पछि मंगलबारलाई बस्ने गरी बैठक बोलाइएको थियो ।

मंगलबारको बैठकबाट उम्मेदवार टुंगो लगाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ । क्षेत्रीय कार्यसमितिले विधानविपरीत आकांक्षी सबैको सूची केन्द्रमा पठाएका कारण पनि उम्मेदवार चयन गर्न कांग्रेसलाई अहिले सकस परेको छ।

कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा १६ जनाले आकांक्षा राखेका छन् । भने तीन प्रदेशसभा निर्वाचन क्षेत्रका लागि जिल्ला कार्यसमितिले भक्तपुरबाट १० जना, दाङबाट ११ जना र बागलुङबाट ४ जनाको नाम सिफारिस गरेका बताइएको छ।

नेपाली कांग्रेसको विधान अनुसार तीन जनाको नाम मात्रै पठाउनुपर्ने व्यवस्था भएको भए पनि तोकिएभन्दा बढी नाम पठाएकामा तिहारअघिको केन्द्रीय कार्यसमिति बैठकले सम्बन्धित क्षेत्रीय कार्यसमितिलाई पार्टीले ध्यानाकर्षणपत्र पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?