एजेन्सी । रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले आफुले क्लब छाड्ने अनुमती मागेका छन् । स्पेनको राजधानी मड्रिडमा खराब दिन बिताईरहेको बेलले क्लब छाड्न चाहान्छन् ।
स्पेनबाट प्राप्त रिपोर्ट अनुसार बेलले आगामी जनवरीमा आफुलाई छाड्न क्लब समक्ष आग्रह गरेका छन् । उनी गत समरमै चाईनिज क्लब जान चाहेका थिए । तर अन्तिम समयमा रियलले उनलाई रोकेको थियो । रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानसंगको सम्बन्धले उनको रियल बसाई सुखद हुन सकेको छैन ।
तर उनका एजेन्ट जोनाथन वर्नेटले समेत बेल रियलमा खुसी रहेको भन्दै सिजनको अन्तिमसम्म उनी क्लबमा रहन सक्ने संकेत गरेका थिए । रियलमा बेलको सम्झौता सकिन अझै तीन बर्ष बाँकी छ । क्लबका सफल खेलाडी उनले प्रशिक्षकसंगको सम्बन्धका कारण खासै अवसर पाउन सकेका छैनन् ।
क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसंगै रियललाई बेलले अगाडी बढाउन सक्ने अनुमान गरिएको थियो । तर अस्थिर प्रर्दशन र निरन्तर बल्झिरहने चोटले बेलले रियलमा एक्लो प्रभाव जमाउन भने सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया