काठमाडौं । काभ्रेमा क्षतविक्षत अवस्थामा एक दम्पतिको शव फेला परेको छ । जिल्लाको नमोबुद्ध नगरपालिका-८, तल्लोहटियामा सोही ठाउँका ५५ वर्षीया श्यामकृष्ण श्रेष्ठ उनकी पत्नी अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको हो । मंगलबार बिहानै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरी क्षतविक्षत बनाई सिरकले छोेपेको अवस्थामा शव फेला परेको हो ।
घटनास्थलमा वियरका बोतल, गाँजा र सुर्तिको धुलो छरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । श्रेष्ठ दम्पतिले तल्लो हटिया बजारमा रहेका आफ्नै घरमा चिया पसल सञ्चालन गर्दै आइरहेका थिए।
छिमेकीका अनुसार उनीहरु राति ८ बजेतिर खाना खाएर सुत्न गएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा श्रेष्ठ दम्पतिकै पसलमा राति अबेर मदिरा सेवन गर्न आएकाहरुसँग विवाद हुँदा हत्या भएको हुनसक्ने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया