काठमाडौं । हत्या आरोपमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई बयानका लागी दोश्रो दिन बुधबार अदालतमा उपस्थित गराइएको छ ।
मंगलबार बयान नसकिएपछि आलमलाई बुधबार पुनः बयानका लागि जिल्ला अदालत रौतहट ल्याइएको हो । प्रहरीले कडा सुरक्षाबीच उनलाई जिल्ला अदालत भित्र प्रवेश गराएको छ । अहिले उनीसँग बयान लिने क्रम जारी छ ।
आलममाथि कर्तव्यज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थ भण्डारनको अभियोग लगाएर जन्मकैद सजायसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दर्ता गराएपछि आलमसँग दोश्रो दिन पनि अदालतमा बयान लिईएको हो ।
आज बयान सकेर थुनछेक बहस हुने जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालले बताउनुभयो । गएको असोज २६ गतेदेखी आलम प्रहरी हिरासतमा छन् । उनलाई जिल्ला अदालतका न्यायाधीश दिपक ढकालले बयान लिइरहेका छन् ।
पहिलो संविधानसभा निर्वाचनको बेला राजपुर फरदहवामा भएको बमबिस्फोटको घट्नामा आलमविरुद्ध तिनवटा कसुरमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा गएको शुक्रबार मिसिल बुझाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया