गोकर्णेश्वरमा सुन सहित २ पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-६ स्थित गोकर्ण गैरीगाँउबाट फाइन गोल्ड १ के.जी.९९९.९ लेखिएको सुन सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चाबहिल बस्ने दोलखा गौरीशंकर घर भएका २३ वर्षीय भिम बहादुर तामाङ र सोही ठाउँ घर भएका २० वर्षीय पेम्बा तामाङ रहेका छन् ।
सुन विक्री गर्नको लागि बोकी हिंडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?