१ वर्षमा २ अर्व भन्दा बढि बचत गर्ने वायु सेवा निगमको दावी

काठमाडौं । नेपाल वायु सेवा निगमले एक वर्ष भित्र २ अर्व भन्दाबढि रुपैयाँ बचत गर्ने दावी गरेको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विभिन्न उपाय लगाएर एक वर्ष भित्र २ अर्व २७ करोड रुपैयाँ बचत गर्ने कार्ययोजना तय गरिएको जानकारी दिनु भएको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले बचतका लागि विमानमा अतिरिक्त इन्धन बोकेर हिडन नपर्ने व्यवस्था गरिएको पनि बताउनुभयो । उहाँले विगत ४ महिनायता निगमले करिव ६० करोड बचत गर्न सफल भएको दावी पनि गर्नुभयो ।

निगमले जापानको ओसाका उडान गरिएको र त्यो नाफामूलक हुने दावी पनि गरेको छ । निगमले आगामी मार्चसम्म साउदी अरवको रियाद, चीनको ग्वाङझाउ र जापानको नारितामा पनि उडान भर्ने योजना तय गरेको छ । निगमले विमान लिजमा लिने योजना पनि अघि सारेको छ । जहाजहरु खरिद गर्न बुद्धिमत्ता नहुने निष्कर्ष निकाल्दै लिजमा लिने तयारी गरिएको पनि निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष खरेलले विमान खरिद गर्ने कामले कसैले पनि हित नगर्ने भएकाले अव विमान लिजमा लिएर चलाउने योजना तय गर्नु परेको पनि स्पष्ट पार्नुभयो ।
निगमले ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सघाउ पु¥याउन उडान मूल्यलाई अझै सहज बनाउने तयारी पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?