काठमाडौँ । नेपालको हवाई क्षेत्रमा इन्डोनेशियाको सरकारले सम्बन्ध विस्तार गर्न इच्छा देखाएको छ । नेपालका लागि इन्डोनेशियाका राजदूत रीना सेमार्नोले नेपालको हवाई क्षेत्रमा इन्डोनेशिया सरकार सम्बन्ध विस्तार गर्न आफुहरु तयार भएको बताएकी छिन् ।
‘नेपाल–इन्डोनेशिया विजनेश फोरम’ ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा इन्डोनेशिया सरकार नेपालसँग हवाईजहाज र त्यसका पार्टपूर्जा, पर्यटन व्यवसाय, कोइला र खाद्यान्नलगायतका व्यवसायिक सम्बन्ध बिस्तार गर्न इच्छुक रहेको राजदूत सेमार्नोको भनाइ रहेको छ ।
‘टापुको देश र हिमालको देश जोडिए दुवै देशलाई लाभ हुन्छ ।’ नेपालले आफ्नो मुलुकबाट हिन्दु र बौद्धमार्गी धार्मिक पर्यटक तथा हिमाल, पहाड र संस्कृति हेर्न आउने पर्यटकहरुबाट फाइदा लिन सक्ने धारणा राजदूत सेमार्नोले राखेकी छिन् ।
यस्तै सोही कार्यक्रममा नेपालका लागि इन्डोनेशियाका अवैतनिक दूत तथा व्यवसायी चन्द्र ढकालले एक दशकमा इन्डोनेशियाले गरेको आर्थिक प्रगतिबाट नेपालले धेरै सिक्न सक्ने बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया