अब डाँडा काटेर होइन छेडेर विकास

हालै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज पोखराले टनेल खनेर नेपालको विकासमा छलाङ मार्ने उद्देश्यले नेपालमा पहिलोचोटी सुरुङमार्ग सम्बन्धी पाठ्यक्रम तयार गरी २० जनालाई पठनपाठन गराइ विज्ञ तयार गर्ने उद्देश्यले पाठयक्रम निमार्ण गर्न २ दिने (यही कात्तिक १५,१६ मा) कार्यक्रमको आयोजना ग-यो ।
कार्यक्रममा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा सुन्दर नगरी भएपनि बाटोघाटोको अप्ठयारो र चाँडो जोडिन गाह्रो भएकाले विकासमा कठिनाई भएकाले तराईको नवलपरासी पहाडको मुस्ताङ, मनाङसम्म अब डाँडो काटेर होइन सुरुङ खनेर पर्यटन प्रवद्र्धन र व्यापार, उद्योग व्यावसाय अगाडि बढाउनु पर्ने वेला आएको बताउनुभयो । कम समयमा छिटो पुग्ने माध्यम सुरुङमार्ग निमार्ण गर्न विज्ञहरु लाग्न अनुरोध गर्नुभयो ।

२ दिने सो कार्यक्रममा जलस्रोत विज्ञ प्रा.डा.ई नरेन्द्रमान शाक्यका सभापतित्वमा सम्पन्न कार्यक्रममा पश्मिाञ्चल इन्जिनियरिङ कलेज पोखराका प्रिन्सिपल ई.रामप्रसाद पौडेल, प्रा.डा.ई कृष्णकान्त पन्थी, डा.ई.ज्ञानेन्द्रलाल श्रेष्ठ, ई.रामहरि शर्मा लगायतले नेपाल जस्तो देशमा समसामायिक र वतर्मान अवस्थाको अति आवश्यक सुरुङमार्ग विषयको पठनपाठन गरी कार्यान्वयनमा लाग्न गरिएको पहलकदमी साच्चै नै व्यवहारमुखी र कार्यान्वयन गर्न सकिने, विज्ञ उत्पादन गर्ने पाठयक्रमको खाका तयार पारिएको जानकारी दिनुभयो । आगामी २०७७ वैशाख १७ गते देखि कक्षा सञ्चालन गर्ने गरी पाठ्यक्रम तयार पार्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

ई.निर्मल प्रसाद बरालको संयोजनमा गठित समितिले कार्यशाला गोष्ठी गराउन महत्वपुर्ण भुमिका निभाएको सो कार्यक्रम प्रदेशका भौतिक योजना मन्त्री रामशरण बस्नेत लगायत ६० जनाको उपस्थिति थियो । सो अवसरमा शिक्षाविद् आर्थिक विश्लेषक डा.रामप्रसाद दाहालले लोकपथसँग संक्षिप्त कुरा गर्दै प्रदश ४ को पश्चिमाञ्चल इन्जिनियरिङ कलेज पोखराले आवश्यकता पहिचान गरी नेपालमै नभएको विषय छनोट गरी राम्रो कार्यको आरम्भ गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?