भारतीय राजदूतलाई देउवाको फोन, नेपाली भूमिबारे के भयो कुराकानी ?

काठमाडौँ । भारत सरकारले हालै सार्वजनिक गरेको नक्सामा नेपालका लिपुलेक, कालापानी, लिम्पियाधुरा पनि समावेश गरेको सन्दर्भले सिंगो देश तातेको छ । यसैबिच नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसँग टेलिफोन संवाद गर्दै यस विषयमा गम्भिर भएको बताउँदै  नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको जानकारी गराउनुभयो । कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य देउवाले स्मरण गराउनुभएको कांग्रेसले जनाएको छ ।

नक्सा प्रकरणमा विज्ञप्ति जारी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो विषयमा कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने पार्टीको धारणा रहेको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तीमा लेखिएको छ, कुनैपनि भुमीमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ ।’

भारतीय नक्सामा नेपाली भूमि समेटिएको पाइएपछि त्यसको नेपाल व्यापक विरोध भइरहेको छ।
सम्बन्धित समाचार पढ्नुहोस्

नेपाली भूमि मिच्ने भारतको बिरोधमा भारतीय दूतावास घेराउ गरिँदै

भारतले फेरि मिच्न थाल्यो नेपाली भूमि (भिडियोसहित)

भारतले नेपाली भूभाग मिचेर नयाँ नक्सा बनाएकोप्रति राप्रपाको आपत्ति (विज्ञप्तिसहित)

भारतले सीमा मिच्यो, सुरक्षाका लागि सेना राखौंः पम्फा भूसाल 

 

भारतले सिमा मिचेको सन्दर्भमा बल्ल बोले सरकारका प्रवक्ता

 

लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै उर्लिए रोल्पाली 

 

भारतले कहाँ- कहाँ मिच्यो नेपाली भूमि ?

भारतद्वारा प्रकाशित नक्सामा नेविसंघको आपत्ति: विरोध र्याली निकाल्दै भने, घुँडा नटेक सरकार ! 

कालापानी क्षेत्र नेपालको भूभाग हो भन्दै परराष्ट्रले निकाल्यो यस्तो विज्ञप्ती ! 

अनेरास्ववियूले गर्यो भारत विरुद्ध विरोध प्रर्दशन

नेपाली भूमि मिच्ने भारतको बिरोधमा भारतीय दूतावास घेराउ गरिँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?