रियाद, २९ पुस । साउदी अरबका महिलाहरु पनि अवको दिनहरुमा फुटबल प्रतियोगीतामा सहभागीता जनाउन पाउने भएका छन् । पहिलो पटक शुक्रबार फुटबल प्रतियोगीतामा सहभागी भई साउदी महिलाले नयाँ इतिहास बनाएका छन् जेद्दाहामा भएको प्रतियोगीतामा साउदी अरबका महिलाहहरु पहिलो पटक सहभागी जनाएर नयाँ इतिहास रचेका हुन् यसअघि साउदी अरबमा रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न वा खेल्न महिलाहरुलाई प्रतिबन्ध गरिएको थियो । अव आफ्ना परिवारजनसँग फुटबल प्रयोगीता हर्न वा र प्रयोगीतामा सहभागी हुन पनि सरकारले खुल्ला गरेको छ हालै मात्र साउदी अरबको सरकारले किङ्ग अब्दुल्लाह स्पोटर्स सिटी रंगशालामा गएर खेल हेर्न महिलाहरुलाई पनि खुल्ला गरेको हो रंगशालामा महिला दर्शकहरुका लागि छुट्टा छुट्टै प्रबेशद्धार, शौचालय, पार्किङस्थल लगायतको व्यवस्था गरिएको छ प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरुले नयाँ स्वतन्त्रताको पहिलो पटक फाईदा उठाएका छन् यस बर्षको मध्यबाट साउदी सरकारले महिलाहरुलाई सवारी साधन चलायन र चलचित्र हलहरुमा गएर चलचित्र हेर्न पाईने व्यवस्था पनि गर्ने निर्णय गरेको छ साउदी अरब संभवतः कतिपय विषयमा महिलाका लागि विश्वमै सवै भन्दा धेरै अनुदार मुलुक मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया