भक्तपुर क्षेत्र नं. १ मा २ उम्मेदवारको उम्मेदवारी खारेज, को-को परे ?

काठमाडौं । भक्तपुर क्षेत्र नं. १ मा आमूल परिवर्तन मसिहा पार्टी डिल्लीप्रसाद चौलागाईं र राप्रपाका रामशरण लामिछानेको उम्मेदवारी खारेज भएको छ । अघिल्लो निर्वाचनमा समानुपातिकमा बन्दसूचीमा नाम रहेको कारण उनीहरुको उम्मेदवारी खारेज भएको हो ।

उनीहरुको नाम समानुपातिकतर्फको बन्दसूचीमा रहेका कारण उमेदवारीका बारेमा निकासाका लागि निर्वाचन आयोगमा पत्राचार गरिएको थियो ।

यसअघि बन्दसूचीबाट नाम फिर्ता नलिए उमेदवारी खारेज हुने निर्वाचन अधिकृत विमलप्रसाद पराजुलीले बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?