काठमाडौं । पाइलटको मापसे जाँच्न गर्न लागि नेपालमा अत्याधुनिक मेसिन नेपालमा ल्याइएको छ । नेपाल एयरलाइन्सले मापसे जाँच्न गर्न लागि नेपालमा अत्याधुनिक मेसिन भित्र्याएको हो ।
नेपाल एयरलाइन्सले विमानस्थलमा आफ्ना पाइलटले मादक पदार्थ सेवन गरे–नगरेको परीक्षण गर्ने अत्याधुनिक मेसिन जडान गरेको छ । यस मिसिनले एनर्जी ड्रिंक खाएको अवस्थमा पनि मापसे देखाउने छ ।
अब देखि पाइलटहरुले यस मेसिनमा आफ्नो परीक्षण गरि सकेपछी मात्र जहाज उडानलागि अनुमाति पाउने नेपाल वायुसेवा निगमका प्रवक्ता गणेश बाहादुर चन्दले बताए । उनका अनुसार मेसिनमा पोजिटिभ रिपोर्ट आएमा पाइलटले उडानका लागि अनुमति पाउने छैनन् ।
मेसिनमा अपरेशन विभागले दिनभर उडान गर्ने पाइलट तथा को–पाइलटको नाम अपडेट गरेको हुन्छ । पाइलटले मेसिनमा आफ्नो नाम भन्नुपर्छ । त्यही बेला मेसिनले पाइलटले मापसे गरे–नगरेको जाँच गर्छ । त्यसपछि उक्त पाइलटको रिपोर्ट स्वतः ट्रयाक हुन्छ र प्रिन्ट हुने प्रवक्ता चन्दले बताएका छन् ।
यस्तै अपरेशन विभागसम्म पुगको रिपोर्टका आधारमा मापसे गरेको पाइलटलाई जहाजमा चढ्न पनि दिइने छैन । अहिले मेसिन नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका पाइलटका लागि मात्र प्रयोगमा रहेको निगमले जनाएको छ । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका पाइलटहरुलार्इ मात्र यो प्रयोगमा ल्याइएको छ । अध्यागमन पार गरिसकेपछि पाइलटले आफ्नो मापसे रिपोर्टका लागि परीक्षण गर्नुपर्छ ।
विदेशी कम्पनीका पाइलटहरुले भने ट्राफिक प्रहरीले सवारी साधन चालकहरुलाई परिक्षण हुने मेसिनबाट परिक्षण हुदै आएको छ । प्रहरीले प्रयोग गर्ने ‘ब्रेथलाइजर’ नै विमानस्थलमा समेत प्रयोग हुने गरेको छ । यो पनि उजुरी परेको अवस्थामा वा शंका लागेको बेला समयमा मात्र यो प्रयोग गर्ने गरिएको छ । विमानस्थलकै कर्मचारीले पाइलट–कोपाइलटको अवस्था असामान्य देखिएमा मात्र उनीहरुले अल्कोहल लिए–नलिएको परीक्षण गरिने गरिएको छ ।
गत वर्ष साउन दोस्रो साता फ्लाइ दुबईको जहाज उडाउने एक जहाजलाई त्रिभुवन विमानस्थलमा मापसे गरेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । सो पाइलटलार्इ त्यस दिन जहाज उडाउन रोक लगाई दुबइबाट अर्को पाइलट मगाएर जहाज पठाइएको थियो ।
कुनै पनि पाइलटले मादक पदार्थ सेवन गरी जहाज उडाएको पाइए उक्त उडान रद्द गरी परामर्श दिने, चेतावनी दिने, तालिम उपलब्ध गराउने, जरिवाना गर्ने र अन्त्यमा ग्राउण्डेड गरी लाइसेन्स रद्द गर्नेसम्मको प्रावधान छ । विदेशी कम्पनीका पाइलटको हकमा भने सोही मुलुकको कानून अनुसार कारवाही हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया