निजगढमा पनि भारतविरुद्ध प्रदर्शन

काठमाडौं । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समेटीएपछि यसको विरोधमा देशभर आन्दोलन जारी रहेको छ ।

पछिल्लो समय भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्साभित्र राखेपछि देशभर विरोध सुरु भएको हो ।

नेपाली भूमि आफ्नो नक्सामा राखेको भन्दै बाराको निजगढमा पनि नेकपा निकट युवा संगठनको नेतृत्वमा भारतविरुद्ध र्‍याली निकालिएको छ । राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटिको अगुवाईमा विरोध र्‍याली निकालिएको हो ।

भारतीय विस्तारवाद, सीमा अतिक्रमण र हेपाहा प्रवृतिविरुद्ध र्‍याली निकालिएको भन्दै युवा संघका कार्यकर्ताले सरकारले तत्काल कुटनीतिक पहल गरि आफ्नो भूमिको रक्षा गर्नुपर्ने बताएका छन् । र्‍यालीमा सहभागीले भारतविरुद्ध चर्को नारा लगाएका थिए । र्‍यालीमा नेकपाका नेता कार्यकर्ता, युवा संघ नेपालका जिल्ला र स्थानीय कार्यकर्ताको सहभागिता रह्यो।

यसैबीच शुक्रबार काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा विरोध प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?