भारतको सर्वोच्च अदालतले गर्यो ऐतिहासिक फैसला

काठमाडौं । अयोध्याको विवादीत बाबरी–रामजन्मभूमि प्रकरणमा भारतको सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको छ ।

भारतीय सर्वोच्चका मुख्य न्यायाधिश रन्जन गोगोईको अध्यक्षतामा बनेको पाँच सदस्यीय न्यायिक बेन्चले उक्त फैसला गरेको हो ।
साथै गागोईले बेन्चका पाँचै न्यायाधिशको सर्वसम्मतीमा निर्णय लिइएको बताउनुभएको छ ।

अयोध्याको विवादित २।७७ एकड जमिन हिन्दू पक्षलाई मन्दिर बनाउन दिने सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले केन्द्रीय सरकारलाई तीन महिनाभित्र ट्रष्ट बनाएर त्यसलाई कार्यन्वयन ल्याउन निर्देशन दिएको छ ।

त्यस्तै मुसलमान समुदायले चाहेमा मस्जिद बनाउनको अलगै ठाँउमा ५ एकड जमिन दिने निर्णय समेत अदालतले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?