काठमाडौं । राजस्व प्रशासनका करिब ६० जना उपसचिवको सरुवा भएका छन् । अर्थ मन्त्रालयले ३ वर्षभन्दा धेरै मन्त्रालय तथा केन्द्रीय विभागमा बसेका उपसचिवहरुलाई कार्यालयको नेतृत्व गर्नेगरी खटाएको हो ।
करिव २ वर्ष कर कार्यालय तथा भन्सार कार्यालयमा बिताएका उपसचिवहरुलाई विभाग तथा मन्त्रालयमा ल्याइएको छ भने मन्त्रालय लामो समयसम्म कार्यालयमा बसेका उपसचिवहरुलाई मन्त्रालयमा जिम्मेवारी दिइएको मन्त्रालयको एक स्रोतले जनाएको छ ।
स्रोतका अनसार अर्थ मन्त्रालयले स्वतन्त्र हिसाबले कुनै विवाद नहुने गरी सरुवा व्यवस्थापन गरेको छसाथै अर्थमन्त्री वा अन्य कुनै पनि व्यक्तिको दबाब र प्रभावबिना सरुवा भएको पनि स्रोतले जनाएको छ ।
काठमाडौंभित्र कलंकी, कालिमाटी, बत्तिसपुतली, महाराजगन्ज र चावहिलका कर कार्यालय प्रमुखको सरुवा भएका छन्। ललितपुर कर कार्यालयका प्रमुखको विभागमा सरुवा भएको छ। आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख पनि विभागमा तानिएका छन्। आन्तरिक राजस्वतर्फ भद्रपुर, धरान, धनगढी, कन्चनपुर लगायतका कार्यालय प्रमुखको सरुवा भएको अर्थमन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् को को कहाँ कहाँ सरुवा भए?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया