काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आगामी मंगलबार तीन दिने भ्रमणको सिलसिलामा नेपाल आउनुहुने भएका छन् ।
परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशका राष्ट्रपतिको भ्रमण तालिका सार्वजनिक गरेको हो ।
बंगलादेशका राष्ट्रपति हमिदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुनेछ ।
भ्रमणका क्रममा उहाँले नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, परराष्ट्रमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा राष्ट्रपति हमिदले काठमाडौंँका विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको भ्रमणका साथै पोखरा पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/11/Press-Release.pdf”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया