काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पार्नुभएको छ । उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी करिब अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो ।
शनिबार रिाजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले साग प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नेगरि आफूहरुले दिनरात काम गरिरहेको जनाउनुभयो ।
साग राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकोले खेलप्रेमी र सरोकारवाला सबैले गम्भिरतापूर्वक आ–आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्नुपर्ने उहाँको सुझाव छ ।
१२ औं साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भैसकेपछि १३ औं प्रतियोगिता २०७२ सालमा गर्ने अभिभारा नेपालको काँधमा आएपछि समयमै साग हुन नसक्नु दुःखद् भएको उहाँको गुनासो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया