काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सल्लाहकार र सचिवालय टीमलाई बर्खास्त गर्ने निर्णय गर्नुभएकाे छ ।
मन्त्रीहरु समेत फेरबदलको तयारीमा रहेका प्रधानमन्त्रीले सल्लाहकार र सचिवालयका अधिकांश सदस्यलाई बर्खास्त गर्ने निर्णय गर्नुभएकाे हाे ।
‘एकाएक प्रधानमन्त्रीज्यूले हामीसहित प्रमुख सल्लाहकार समेतलाई बोलाएर राजीनामा दिन निर्देशन दिनुभएको छ’, सचिवालयका एक सदस्यले भने, ‘कात्तिक महिनाभरीको तलब खानुस्, त्यसपछि मंसिर १ गतेदेखि लागू हुनेगरी तुरुन्त राजीनामा दिनुस् भनेर निर्देशन दिनुभएको छ।’
सचिवालयका सदस्यहरुको कार्यसम्पादन ठीक नभएको निष्कर्षसहित प्रधानमन्त्रीले यस्तो कदम चालेका हुन् । ओलीले अब क–कसलाई सल्लाहकार र सचिवालयमा ल्याउने भनेर छलफल समेत गरिरहेका छन् ।
स्रोतका अनुसार उनले नयाँ टीमबाट परिणाम दिने काम गर्न चाहेका छन् ।
अहिले ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल, प्रेस सल्लाहकारमा कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकारमा अच्यूत मैनाली, परराष्ट सल्लाहकारमा राजन भट्टराईलगायत विभिन्न सल्लाहकारको भूमिकामा कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया