काठमाडौँ । मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले चुनाव प्रचारप्रसादेखि घरदैलो कार्यक्रमको पहिलो चरण सार्वजनिक गरेको छ।
कात्तिक २४ गते आइतबार निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिकाका ११ वटै वडामा चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गरिने नेपाली कांग्रेस कास्कीले जनाएको छ । सबै वडाका चुनाव प्रचारप्रसार समितिका कार्यालय बिहान ८ बजे एकै समयमा उद्घाटन गरिने कार्यक्रम रहेको छ ।
कांग्रेसका अनुसार आइतबारबाटै पोखरा महानगरपालिका–४ सिद्धार्थचोकबाट घरदैलो अभियान शुरु गर्ने कार्यक्रम रहेको छ। भने पहिलो दिन ४ नं वडाका साथै पोखरा महानगरपालिका–८ र ९ मा घरदैलो अभियान सञ्चालन गरिने बताइएको छ ।
कात्तिक २५ गते पोखरा महानगरपालिका–७ मा, २६ र २७ गते वडा नं १७ मा घरदैलो कार्यक्रम सञ्चालन हुने भएको छ । अन्य कार्यक्रम थप छलफल गरी तय गरिने पार्टीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया