डा. केसीलाई अनशनस्थल छोड्न प्रहरीको दबाव, स्थिति तनावग्रस्त

काठमाडौं । डडेलधुरामा ७ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीले दबाव दिएको छ। तर, समर्थकले नसार्न दबाव दिएका छन् ।

अनशनस्थलमा रहेका डा. केसीका भाइ किशोरका अनुसार आज बिहानैदेखि प्रहरीले केसीलाई अनशन छोडाएर लैजान दबाव दिएका छन् ।

प्रहरीले केसीलाई अनशनस्थल छाड्न दबाव दिएपछि केसीका समर्थकले त्यसो नगर्न प्रहरीसँग आग्रह गरिरहेका छन् ।

प्रहरी र डाक्टर केसीका समर्थकका कारण अहिले डढेल्धुरा अस्पताल तनावग्रस्त रहेको बनेको छ ।

केसीको पिसाबबाट प्रोटिन गएकाले मिर्गौलामा असर पर्ने भन्दै डडेल्धुरा अस्पतालले हिजैबाट डाक्टर केसीको उपचार गर्न नसक्ने जनाएको छ।

अस्पतालले केसीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको भनी जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य मन्त्रालय लगायतका सरकारी निकायलाई लिखित जानकारी दिइसकेको छ। केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएकाले सुविधासम्मपन्न अस्पतालमा उपचार गराउनुपर्ने अस्पतालको भनाइ छ ।

केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?