अनशन तोड्न डा. केसीलाई शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौँ। डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आग्रह गर्नुभएको छ ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा. केसीले उठाएका मुख्य मागहरु सम्बोधन भएको बताएका छन् । डा. केसीले अहिले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने मन्त्री पोखरेलले बताउनुभयो ।

अहिले देशमा कालापानीको बहसमा रहेको भन्दै उहाँले भन्नुभयो, ‘डा केसीलाई के अनुरोध गर्न चाहन्छौं भने सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडि बढिरहेको बेलामा डा. साबले अनशनको बाटो लिने होइन ।’

यस्तै चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी ७ दिनअघि डडेल्धुरामा अनशनरत हुनुहुन्छ । केसीको स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले प्रदर्शन गरेका छन् ।

प्रहरीले डा. गोविन्द केसीलाई अनशनस्थल सार्न प्रहरीले दबाब दिएको । समर्थकले नसार्न आग्रह गरेपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?