काठमाडौं । डडेल्धुरामा अनशनरत डाक्टर गोविन्द केसीलाई ल्याउन नेपाली सेनाको हेलिकप्टर काठमाडौँबाट डडेल्धुरा गएको छ । डा. केसीलाई ल्याउन काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर सोमबार गएको छ। डाक्टर केसीको स्वास्थ्य जटिल बन्दै गएकाले उनलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर गएको हो।
डडेल्धुरा अस्पतालले आइतबार विज्ञप्ति निकालेर केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको जनाएको थियो।
केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएकाले चिकित्सकीय हैसियतले क्षमताभन्दा बाहिर गएका बखत अस्पतालले कुनैपनि जटिलता व्यवस्थापन गर्न नसक्ने अस्पतालको भनाइ छ।
केसीको थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण नभएको अस्पतालले जनाएको छ।
‘यस अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति र उपकरण उपलब्ध नभएकाले उहाँको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई मध्यनजर गर्दै यहाँबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको छ,’ अस्पतालको विज्ञप्तिमा भनिएको छ।
कात्तिक १८ देखि डाक्टर केसी डडेल्धुरामा १७ औं अनसनमा बसेका छन्। पहिला निजी घरमा अनसन बसेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल ल्याइएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया