काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले सीमा सुरक्षा विस्तार गर्ने तयारी गरेको बताएका छन्। सरकारले दार्चुलामा सीमा सुरक्षा विस्तारको तयारी गरेको छ।
सोमबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भएका गृहमन्त्री थापाले बताएका हुन् । गृहमन्त्री थापाका अनुसार सचिवस्तरमा रहेको समितिबाट यो समस्या समाधान गर्ने तयारी भएको छ । ईपीजीबाट पनि समाधानको प्रयास भइरहेको मन्त्री थापाले बताए।
यस्तै भूमि व्यवस्थामन्त्री अर्यालले सचिवस्तरमा छलफल गरेर टुंगो लगाउन भारतले प्रस्ताव गरेको जानकारी दिएकि छन्। सोमबार बसेको समितिको बैठकले गृहमन्त्री थापा र भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्याल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत उपस्थित रहेका थिए ।
भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि समेत आफ्नोतर्फ देखाएपछि केही दिनयता नेपाल र भारतबीच सीमा विवाद चुलिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया