कामठाडौं । उद्योगी पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको सोमबार अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले ठगीसम्बन्धी एक मुद्दामा थप अनुसन्धानका लागि उद्योगी पद ज्योतिलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइएको छ । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उद्योगी पदम ज्योतिलाई पक्राउ गर्न अनुमति दिएको हो ।
प्रहरीले पद्म ज्योतिविरुद्ध पनि जाहेरी परेको भन्दै पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । प्रहरीले एक हाउजिङसम्बन्धी ठगी मुद्दामा अनुसन्धान गर्न यसअघि नै पदम ज्योतिका भाइ रुप ज्योति र उनकी छोरीलाई पहिले नै पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया