सिरियाको पूर्वी गुटामा हानिकारक क्लोरिन ग्यास हमलाको आशंका

दमास्कस, ३० पुस । सिरियाको राजधानी दमासकसको बाहिरी इलाकामा क्लोरिन ग्यास हमला भएको आशंका गरिएको छ दैनिकजसो बमबारी हुने गरेको पूर्वी गुटा क्षेत्रमा क्षेप्यास्त्र आक्रमणपछि क्लोरिन ग्यासको गन्ध आएको बताइएको छ । स्वास्थ्यकर्मीले ६ जनालाई श्वासप्रश्वाससम्बन्धी सामान्य समस्या भएपछि उपचार गरिएको बताएका छन् करिब ४ लाख स्थानीयबासिन्दा रहेको सो क्षेत्र सन् २०१३ यता रूसको समर्थन पाएको सरकारी फौजको घेराबन्दीमा रहिआएको छ । सिरियामा गृहयुद्ध शुरु भएयता क्लोरिन ग्यास हमला भएको थुप्रै खबरहरू आएका छन् तर सरकारले भने आफूले त्यस्तो कुनै रासायनिक ग्याँस प्रयोग गरेको भन्ने विषय अस्वीकार गरेको छ जनवरी १० मा संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्चायुक्तको कार्यालयले हवाई र स्थल आक्रमणले पूर्वी गुटामा डिसेम्बर ३१ यता कम्तीमा ८५ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ पूर्वी गुटामा रहेका विद्रोहीहरूले दमासकस नजिकका आवासीय क्षेत्रमा रकेट प्रहार गर्न सक्ने भएकोले पनि सो क्षेत्र रणनीतिक हिसाबले पनि महत्त्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?