डलर साट्दिन्छु भन्दै एक व्यक्ति १० लाख लिएर फरार

काठमाडौं । डलर साट्न खोज्दा सुर्खेतका एक व्यक्तिको १० लाख रुपैयाँ लुटिएको छ । सुर्खेतको वीरेन्द्रनगर–७ घर भएका एक पुरुष लुटिएका हुन् ।

ठेगाना नखुलेका कमल तामाङले उनलाई डलर साट्न भनी सोमबार दिउँसो कागेश्वरी मनहरा–५, थलीमा बोलाएका थिए तर उनलाइ डलर नै नदिइ नगद लिएर फरार भएको पिडीतले बताएका छन् ।

उक्त घटनाको बारेमा थप अनुसन्धान साथै फरार व्यक्तिको खोजि भइहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?