काठमाडाैं । अमेरिका पुर्याउने भनेर अफ्रिकाको मलावी पुगेका ६ नेपालीको उद्धार गरिएको छ । अफ्रिकाको मलावी पुगेको ६ नेपाली बन्धक बनाइएको अवस्थाबाट उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार गरिएको छ ।
व्युरोका अनुसार नेपाली युवालाई अमेरिका पुर्याउँछु भनी विगत एक वर्षदेखि भियतनाम, इथोपिया, माडागास्कार, जोर्डन,दुबई र अजरबैजान हुँदै अफ्रिकाको मलावी भन्ने मुलुकमा लगी बन्धक बनाइएको अवस्थामा भेटिएको थियो ।
पीडितका अनुसार मानव तस्कर गिरोहले नेपालबाट भिएतनाम २० दिन, इथोपियामा ४ महिना, माडागास्कारमा २५ दिन, जोर्डनमा १ महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेको खुलेको बताइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार मानव तस्करीमा संलग्न भारतीय मुलका नजिर अहमद पक्राउ परेका बताइएको छ ।
उनलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान र कारवाही प्रक्रिया अगाडी बढाइएको सीआईबीले बताएको छ ।
नेपालको मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी) को समन्वयमा मलावी प्रहरीले चलाएको अपरेशनका क्रममा पर्वतका ४, दाङ र रुकुमका १/१ जना गरी ६ जनालाई उद्दार गरिएको हो ।
ब्युरोका एसपी गोविन्द थपलियाले नेपालीलाई बन्धक बनाइएको सूचना प्राप्त भएलगत्तै त्यहाँको प्रहरीसँग समन्वय गरिएको बताए । उनका अनुसार उद्दार गरिएकामध्ये ४ जनालाई सोमबार स्वदेश फर्काएको छ भने थप दुई जना आउने क्रममा रहेका छन् ।
यसरी मानव ओसारपसार तथा बन्धक बनाउने अन्तर्राष्ट्रिय गिरोहको मालवी प्रहरी र ब्युरोबाट अनुसन्धान भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया